११ चैत्र २०८१ सोमबार
image/svg+xml १२:११ अपराह्न
कला/संस्कृति

सुनकोसीले पनि मनायाे ‘विश्व कविता दिवस’

‘सुनकोसी वाङमय प्रतिष्ठान’ ले ‘शारदा’ मासिकका सम्पादक कवि विमल भौकाजीको प्रमुख आतिथ्यमा ‘विश्व कविता दिवस’ मनाएकाे छ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कविता वाचन गरेर विश्व कविता दिवस मनाइएकाे छ।

उक्त कार्यक्रममा कवि विमल भौकाजी, छविरमण सिलवाल, हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा केसी, प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले कविता वाचन गरेका थिए।

वाचित रचनाहरू समसामयिक विकृति र विसंगतिविरुद्ध व्यंग्यगचेत सहित प्रेम, सदभाव, भावनात्मक विषयप्रति लक्षित थिए।

कार्यक्रमका प्रमुख अतिथि कवि भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले प्रतिष्ठान र यसका गतिविधिबारे जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।

महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक वसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। 

प्रकाशित: ९ चैत्र २०८१ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App