१३ चैत्र २०८१ बुधबार
image/svg+xml २:५ पूर्वाह्न
राजनीति

राप्रपाभित्र राजा फर्काउने आन्दोलनको नेतृत्व विवाद : लिङदेन र राणा खेमामा विभाजन

राप्रपाभित्र राजा फर्काउने आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयले विवाद चर्किएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने कुराको जस कसले लिने भन्ने कुराले पार्टीभित्र तनाव बढ्दो छ।

अहिले राप्रपामा दुई खेमा स्पष्ट देखिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले नै आन्दोलनको नेतृत्व गर्ने बताइसकेका छन्। अर्कोतिर, महामन्त्री धवल शमशेर राणाले नवराज सुवेदीलाई अगाडि सारेर आन्दोलनको श्रेय लिन खोजिरहेका छन्। राणासँग वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि छन्। यो विवाद साम्य हुनेभन्दा झन् बढ्दै गएको छ। 

यसैबीच, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेताहरूलाई एकजुट हुन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देन, महामन्त्री राणा र बरिष्ठ उपाध्यक्ष मिश्रलाई ट्याग गर्दै कवितात्मक शैलीमा उनले अहिले जुट्ने समय भएको भन्दै ‘जुँगाको लडाइँ’ छोड्न आग्रह गरेका छन्। 

उनले लेखेका छन्:  
‘जब जब जुट्ने समय आउँछ,
त्यहीँ जुँगाको लडाइँ सुरु हुन्छ।
कसको जुँगा ठूलो, कसको सानो,
व्यर्थको घमण्डको खेल चल्छ।
जुँगाको लडाइँ, छोडौँ अब,
मिलेर बाँच्ने, गरौँ प्रण सब।
जब जब जुट्ने समय आउँछ,
प्रेमको फूल फुलाऔँ, सबलाई अँगालौँ।
जुँगाको लडाइँ, व्यर्थको खेल,
सद्भावको गीत गाऔँ, मिलेर।’

प्रकाशित: ९ चैत्र २०८१ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App