२४ चैत्र २०८१ आइतबार
image/svg+xml ६:५१ पूर्वाह्न
कला/संस्कृति

'वसन्त-साँझ' मा प्रकाश-शान्तिश्रीदेखि प्रीति-देवेन्द्रकाे प्रस्तुति

'वसन्त-साँझ' मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रले प्रस्तुति दिने आउँदाे चैत्र २२ गते रिलिज हुने सिनेमा 'वसन्त' को अफिसियल ट्रेलर सार्वजनिक गर्न तयारी भैरहेको छ।

 काठमाडौंको वसुन्धारास्थित सिटी स्क्वायर मलमा 'वसन्त-साँझ' को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ।

चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मलअगाडि आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले र देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिनेछन्।

सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरैभन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझ भव्य र सभ्य बनाउन शुभचिन्तकमाझ अपिल गरेका छन्।

गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र विन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।

प्रकाशित: ८ चैत्र २०८१ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App