१ वैशाख २०८२ सोमबार
image/svg+xml १७:६ अपराह्न
राजनीति

लोकप्रियताभन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमी पर्व, २०८१ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्। 

उनले लेखेका छन्, ‘आज चैत्र शुक्ल नवमी, चैते दशैं, अर्थात् रामनवमी। त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपरायण आदर्श चरित्र मान्दै आएको छ। प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो। लोकप्रियताभन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् । सबैलाई रामनवमी र चैते दशैंको शुभकामना!!’ 

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ। 

प्रकाशित: २४ चैत्र २०८१ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App