२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा हिमआँधीको कहर, कम्तीमा १७ जनाको मृत्यु

अमेरिकाका धेरै राज्यहरू भीषण हिमआँधीबाट गम्भीर रूपमा प्रभावित भएका छन्। यसका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ। यद्यपि केही घटनामा मृत्युको स्पष्ट कारण पहिचान हुन नसकेको अधिकारीहरूले बताएका छन्।

देशका धेरै भागमा वर्षा र भारी हिमपातका कारण सर्वसाधारणको जनजीवन अत्यन्त प्रभावित भएको छ। हिमआँधी र अत्यधिक चिसोका कारण अमेरिकाका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन्। देशका विभिन्न स्थानमा हिमपातसँगै वर्षा पनि भएको छ।

हिमआँधीका कारण अमेरिकामा हवाई सेवा प्रभावित भएको छ। तूफानको सबैभन्दा ठूलो असर न्युयोर्कमा परेको छ, जहाँ ३७९ वटा उडान रद्द भएका छन्। त्यस्तै, लाखौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रहरूमा विद्यालयहरू बन्द गरिएका छन्। एजेन्सी

प्रकाशित: १३ माघ २०८२ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App