‘सुसेली साहित्यक प्रतिष्ठान’ ले ‘दक्षिणकाली काव्य महाेत्सव’ सम्पन्न गरेको छ। दुई चरणमा भएको कार्यक्रममा पहिलो सत्रमा तीन अग्रज स्रष्टालाई सम्मान गरिएको छ।
सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली फर्पिङले लामो समयदेखि साहित्यिक पत्रकारितामा योगदान पुर्याउने पत्रकार दक्षिणकाली काव्य सम्मान टंगाल काठमाडौ-५ का वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, दक्षिणकाली काव्य सम्मान सम्मान कविताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने ललितपुर, चाकुपाट निवासी वरिष्ठ कवि तुलसी दिवस र दक्षिणकाली काव्य सम्मानबाट आख्यानतर्फबाट ललितपुर धोवीघाट निवासी कथाकार माया ठकुरीलाई सम्मान अर्पिएकाे छ।
सम्मानित स्रष्टालाइ नगद एघार हजार एघार सय एघार रूपैयाँ नगद राशि, सम्मानपत्र लगायत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
पहिलो चरणको कार्यक्रम सञ्चालन संस्थाका सदस्य दिपक लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य सविता केसीले गरेकी थिइन्।
उक्त कार्यक्रम सम्पन्न गर्नेका लागि डा शेखरकुमार श्रेष्ठको संयोजकत्वमा शशि शर्मा अर्याल, बद्री कार्की, रजनी खत्री, रामराजा केसीको पाँच सदस्य मूल समारोह समिति गठन गरिएको थियो।
त्यस्तै आर्थिक संङ्कलन समिति संस्थाका कोषाध्यक्ष सुसान्त केसीको संयोजकत्वमा कृष्णकुमार श्रेष्ठ र रामराजा केसी तीन सदस्य समिति गठन भएको थियो।
त्यसैगरी स्रष्टा सम्मान समितिमा वरिष्ठ साहित्यकार तथा संस्थाका सल्लाहकार किशोर पहाडीको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको सदस्य डा. शेखरकुमार श्रेष्ठ र अपणसरा भुर्तेलले सम्मानित साहित्यकार सिफारिस गरेको थियो। प्रचारप्रसार समितिमा शशिशर्मा अर्याल, रामकुमार बस्नेत, सविता केसी रहेका थिए।
कार्यक्रममा सभापति संस्थाका अध्यक्ष आवेश मिश्र गरेका थिए। प्रमुख अतिथि नगर प्रमुख मोहन बस्नेत, विशिष्ट अतिथि नगर उपप्रमुख वसन्ती डंगोल तामाङ, वरिष्ठ साहित्यकार किशोर पहाडी, सम्मानित सहित्यकारहरू तुलसी दिवस, रोचक घिमिरे ,माया ठकुरी, वडाध्यक्ष पुष्कर खड्का, जनार्दन रिजाल थिए।
दोस्रो चरणमा संस्थाकी उपाध्यक्ष रजनी खत्रीको सभापतित्व र वडाध्यक्ष पुष्कर खड्काको आतिथ्यमा रचना वाचन कार्यक्रम भएको थियो। उक्त कार्यक्रम संस्थाकी सदस्य अप्सरा भुर्तेलले गरेकी थिइन्।
दोस्रो चरणमा रचना वाचन कार्यक्रम भएको थियो। रचना वाचनमा राष्ट्रिय स्तरका ५४ जना साहित्यकारले कविता, मुक्तक, गजल, खोरिया, हाइकु आदि वाचन गरेका थिए।
कार्यक्रम बिहान १० बजे देखि सम्मानित साहित्यकारहरूलाई बाजागाजा सहित पैदल यात्रा गराइ दक्षिणकाली नगरपालिका वडा नं चार अवस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा १५० जना साहित्यकारहरूको उपस्थिति रहेको थियो। सुसेली साहित्यिक प्रतिष्ठानले रचना वाचन गर्ने सबैलाई प्रमाणपत्र समेत वितरण गरेको थियो।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय साहित्यप्रेमीहरू, वडा ५ का अध्यक्ष श्यामबहादुर खत्री, वडा नं १ का अध्यक्ष जय थापा मगर, वडा नं ४ का अध्यक्ष पुस्तक खड्का, उद्योगी, व्यनपारीहरूको आर्थिक सहयोग रहेको थियो।
प्रकाशित: १८ फाल्गुन २०८१ १०:३६ आइतबार