१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

मेयर बालेनको स्वरमा चलचित्र ‘लाज शरणम्‌’ को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत सोमबार दिउँसो रिलिज गरिएको हो।

मेयर शाहले पद सम्हालेपछि यो उनको पहिलो औपचारिक गीत हो। यसअघि उनी हिप-हप संगीतमा चर्चित भए पनि मेयर बनेपछि कुनै नयाँ गीत सार्वजनिक गरेका थिएनन्।

फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् टिमले केही दिनअघि मात्र हेर्दा हेर्दैमा... बोलको गीत सार्वजनिक गरिसकेको छ।

हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन्।

चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यो चलचित्र नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन्।

प्रकाशित: २८ माघ २०८१ १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App