२७ भाद्र २०८३ शनिबार
image/svg+xml
कला

कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ को परिचर्चा

साहित्यिक पत्रकार संघले कथाकार गोपी मैनालीको कथासंग्रह ‘विशृङ्खलित सपना’ को परिचर्चा गरेकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षक अनिता कोइरालाले ‘विशृङ्खलित सपना’ को परिचर्चा गरेका थिए।

डा. अर्जुनदेव भट्टले ढाका टोपी र अध्यक्षले फूलको माला लगाइदिएर कथाकार मैनालीलाई सम्मान गरिएकाे थियाे।

नियात्रा, निबन्ध र समालोचना आफ्नो पकड बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो। सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौंले प्रकाशन गरेको यो कृतिमा सत्र कथा छन्।

कवि मुरारी सिग्देलले सञ्चालन गरेकाे कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाबारे मन्तव्य राखेका थिए।

प्रकाशित: २७ माघ २०८१ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App