२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

पदको लोभले हामी मुल लक्ष्यबाट भट्कियौँ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकार गरेका छन् । अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए ।  

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए ।  

प्रधानमन्त्री बालेन्द्र शाहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे । उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: २७ भाद्र २०८३ २३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App