२ माघ २०८१ बुधबार
image/svg+xml
कला

आज सलमानको ५९औँ जन्मदिन, २६ वर्षदेखि पछ्याइरहेको आरोप के हो ?

अदालतमा निर्दोष भएको दाबी

बलिउड सुपरस्टार सलमान खान आज आफ्नो ५९औँ जन्मदिन मनाइरहेका छन्। 

तीन दशकभन्दा लामो अभिनय यात्रामा उनले ८५ फिल्ममा काम गरेका छन्। सलमानका नाममा ७४ वटा पुरस्कार पनि छन्। अभिनयसँगै खान सामाजिक काममा पनि सक्रिय छन्। 

तर उनको जीवन विवादरहित भने छैन। सन् १९९८ मा सलमान कालो हरिण शिकार मुद्दामा फसे, जेल पनि जानुपर्यो। घटनाको २६ वर्ष भैसक्दा पनि विवाद रोकिएको छैन। 

यस वर्ष नै लरेन्स समूहले सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाएर उनको हत्याको योजना बनाएको खुलासा भएको थियो। जेलमा बन्द लरेन्स बिश्नोई पनि सलमानको ज्यान लिनु नै आफ्नो बदला भएको बताउँदै आएका छन्। 

कालो हरिण शिकार प्रकरण भारत, राजस्थानको कन्कनी गाउँबाट सुरु हुन्छ। त्यहाँ केही गाउँलेहरूको दाबी अनुसार गोली चलेको आवाज सुने अनि सलमान भागेको पनि देखे। गाउँलेले सलमान खान बन्दुक लिएर बाहिर निस्केको बताएका छन्। 

हरेक पटक अदालतमा सलमानले आफू निर्दोष भएको दाबी गर्छन्। यस प्रकरणमा खानविरुद्ध तीनवटा शिकार मुद्दा दर्ता भएका थिए, जसमध्ये दुईमा उनले सफाइ पाइसकेका छन्। 

तर तेस्रो कालो हरिण शिकार मुद्दामा गाउँलेहरू अझै आफ्नो भनाइमा अडिग छन्।

प्रकाशित: १२ पुस २०८१ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App