२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

संस्कृति

लघुकथा

 सन्तुको बिहाको दिन थियो। हजुरबाआमाले आफूहरूले र आफ्ना सन्तति छोराबुहारी नातिहरूलाई बेहुलाबेहुलीको गोडा धोई र कन्यादान नगरी कसैले खाना खान नहुने भनी पहिले नै सतर्क गराएका थिए।

आधुनिक ढाँचाका केटाकेटीहरू बेहुलाबेहुलीका साथीहरूले मण्डपमा कार्यक्रम अगावै एउटा सजाइएको बट्टा त्यसमाथि चक्कु र मैनबत्ती ठिक्क परेर राखेको हजुरबाले देख्नुभयो।

“यो के ल्याएको मण्डपमा? कसले ल्यायो? यो अहिन्दूत्व परम्परा हो। अहिले यो कर्म गर्न मिल्दैन। जन्मदिन, विवाहको वर्षगाँठ केही आउन हुँदैन। यसैको प्रयोग गरी बत्ती निभाउँछन्। कस्तो खराब अलच्छिन संस्कार बस्यो। उत्सवमा त बत्ती बाल्ने हो निभाउने हैन“ हजुरबा त्यो समूहमा फतफताउन लाग्नुभो।

एउटा नातिले हजुरबालाई सजक गराउँदै आफ्ना साथीहरूको अगाडि लाज बँचाउन भन्यो, ”हजुरबा, अहिलेको मान्छेको काँ ढङ्ग पुग्छ र? नकराउनुस् न, म उता लगेर राखिदिन्छु।"

“अहिलेका अभिभावक अग्रजले आफ्ना केटाकेटीलाई हिन्दूत्वको संस्कार, संस्कृति, धर्म र नीति केही सिकाउँदैनन्। विहानै बेड टी रे, ब्रेकफास्ट र! “ हजुरबा ठूलो स्वरमा सबैको मुख हेर्दै उफ्रिए।

नजिकै बसेका हजुरबा उमेरका वृद्धले आपसमा गफिंदै भने, ”यो केक काट्ने संस्कृति भित्रियो तर मौलिक संस्कृति र संस्कारको जगेर्ना गर्न ढिलै भैसक्यो।”

-प्रार्थना खनाल जोशी

प्रकाशित: २ पुस २०८१ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App