२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहने बताएका छन्।  

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरुले सक्दो पहल गर्ने आश्वासन दिए।  

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैले मेहनत गरेर फलाएका  खाना र बनाएका सामान प्रयोगवृद्धिका लागि आग्रह गरे।  

“हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो।  यहाँका विशेषता र कला अमूल्य छ।  यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्,” प्रधानमन्त्री ओलीले भने, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्धत गरेको छ।  यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु।  त्यसका आधारमा हामी थप काम गर्नेछौँ। ”

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयमा जोड र्दिए।  उनले निर्यातवृद्धि र सहजीकरणका लागि विभिन्न बुँदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।  

हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब ११ अर्ब रुपैयाँ मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको जनाइएको छ।  कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान गरिएको थियो। 

प्रकाशित: २६ पुस २०८१ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App