विद्यालय जाने बाबुनानीलाई खाजाको रुपमा पत्रु खाना (जंक फूड) पठाउनुहुन्छ? त्यसो हो भने छोराछोरीको स्वास्थ्य र पढाईमा असर पुर्याउन अभिभावक स्वयं नै जिम्मेवार रहेको पोषणबिद्ले बताएका छन्। अभिभावकले नै छोराछोरीलाई पत्रु खानाको लत बसालिदिएको विज्ञको भनाई छ।
पोखराको मदरल्याण्ड माविमा सोमबार आयोजित पहिलो साहित्य मेलामा पोषणविद् डा.बिमला शर्माले भनिन, ‘पत्रु खानाले विद्यार्थीको स्वास्थ्यसँगै सिकाइलाई पनि प्रभावित पारेको छ। यतिसम्मकी विद्यार्थीको स्मरण शक्तिलाई समेत पत्रु खानाले प्रभावित पारेको छ।’ पछिल्लो समयमा विद्यार्थीले पत्रु खाना खाँदा उनीहरुको पढाईमा असर परिरहेको उनले बताईन। ‘तत्कालै त असर देखिन्न। तर, जब दिनहुँ शरिरले पत्रु खानाको स्वाद पाउँछ, त्यसले बच्चाको स्मरण शक्ति पनि घटाउँछ, स्वास्थ्यमा पर्ने असर त परिहाल्छ,’ उनले भनिन।
‘जिवनको सबै चरणमा खानाको महत्व छ। तर, सबै घरमा पत्रु खाना पाक्छन। हाम्रो परम्परागत खाना नै महत्वपूर्ण छ। तर, बच्चादेखि पाको उमेरसम्मका उपभोक्तामा पत्रु खानाको बानि पारेको छ,’ उनले भनिन। ‘पत्रु खानाको विकल्पमा पर्याप्त खानाका परिकार भएपनि बालबच्चादेखि अभिावककले त्यसलाई बेवास्ता गरेको उनले बताईन।
‘पत्रु खानाको लत यति धेरै बसेको छ की बच्चाले खाएपछि स्वाद बिर्सनै सक्दैनन। पत्रु खानामा बानि परिसकेपछि बालबालिकाको मुखबाट खोस्न सकिएको छैन,’ उनले भनिन। पत्रु खानाको सट्टामा फलफूल खाने हो भने स्वास्थ्य राम्रो हुने उनले बताईन।
विद्यार्थीमा पठनपाठनको बानि विकास गराउनका लागि विद्यालयले पहिलो पटक साहित्य मेला आयोजना गरेको थियो। उक्त मेलामा कृत्रिम बुद्धिमता र हाम्रो सन्दर्भमा विद्यार्थीको सिकाई अवसर र चुनौतीबारे इन्जिनियर सन्दीप आचार्य विद्यार्थीसँग गफिएका थिए। त्यस्तै अध्यात्म, साहित्य र साधनाबारे कवि संयोग बसेल, हाम्रो खानपान र त्यसले व्यक्तिगत जीवनमा पार्ने प्रभावबारे पोषणविद् डा. बिमला शर्मा, पूर्व विद्यार्थीको अनुभव भोगाईः नयाँका लागि प्रेरणाबारे अर्जुन पौडेल र विजय सुवेदी तथा पाठ्यक्रम बाहिरका पुस्तकको अध्ययनमा विद्यार्थीको रुची र डिजिटल प्रविधिबारे लेखक भवसागर घिमिरेले विद्यार्थीसँग छलफल गरेका थिए।
कृत्रिम बुद्धिमता, विद्यार्थीको सिकाई अवसरबारे इन्जिनियर सन्दीप आचार्यले विद्यार्थीसँग अनुभव साट्दै आर्टिफिसियल इन्टेलिजेन्सका कारण केही सहज भएको पनि बताए। ‘च्याट जिपिटीका कारण कतिपय कुरा सहज भएको पनि छ। विद्यार्थीको सिकाइ केही हदसम्म सहज भएको छ,’ आचार्यले भने, ‘सिर्जनात्मक लेखनमा भने च्याट जिपिटीका कारण सिर्जना मरेको छ।’
उनका बिचारमा कतिपय नयाँ कुरा सिक्दा च्याट जिपिटी सहज बनेको छ। ‘च्याट जिपिटीको प्रयोग कुनै समस्या हल गर्न सहज पनि छ। विद्यार्थीका लागि समस्या हल गर्न सहज बनाउने माध्यम बनेको छ। कुनै नबुझेको कुरा सोध्न पनि पाइएको छ,’ उनले भने, ‘गृहकार्य गर्ने बेलामा भने च्याट जिपिटी प्रयोग गर्नु हुदैन।’ ज्ञानको खाडल पूरा गर्न च्याट जिपिटी प्रयोग सहयोगि हुने उनले बताए।
‘जिवनको सबै चरणमा खानाको महत्व छ। तर, सबै घरमा पत्रु खाना पाक्छन। हाम्रो परम्परागत खाना नै महत्वपूर्ण छ। तर, बच्चादेखि पाको उमेरसम्मका उपभोक्तामा पत्रु खानाको बानि पारेको छ,’ उनले भनिन। ‘पत्रु खानाको विकल्पमा पर्याप्त खानाका परिकार भएपनि बालबच्चादेखि अभिावककले त्यसलाई बेवास्ता गरेको उनले बताईन।
विद्यार्थीलाई मात्र नभई शिक्षण योजना बनाउने शिक्षकलाई पनि च्याट जिपिटी उपयुक्त भएको उनले बताए। अभिभावकले बालबालिकालाई सामाजिक संजालको प्रयोगमा रोक लगाउनुपर्ने उनको सुझाव छ।
‘१८ वर्ष उमेर तलका बालबालिकाका लागि त सामाजिक सञ्जाल घातक नै छ। विभिन्न मुलुकमा पनि यस्तो अभ्यास भएको छ,’ उनले भने, ‘सामाजिक सन्जालमा अभिभावकले रोक लगाउदा खासै फरक पर्दैन। तर, बालबालिका सम्बन्धित सामाग्री हुने युट्यूबलाई उपयोग गर्दा भने हुन्छ।’ बालबालिकालाई च्याट जिपिटीसँग बोल्न दिदा नयाँ सिर्जना हुने उनले बताए।
यस्तै गरेर अघि बढेमा मानव भन्दा पनि एआइ हावि हुने डर रहेको उनले बताए। ‘एआइ आफैमा शक्तिशाली छ। एआइ आफै डरलाग्दो होइन तर सबैको पहुँच पुगेमा असर पर्न सक्छ जस्तै आतंककारीको हातमा पुग्दा धेरै जोखिम हुन सक्छ,’ उनले भने, ‘जथाभाविको प्रयोगले धार्मिक बिबादका विषय उठान हुनसक्छन। एआइको प्रयोगमा फरक समूहले नयाँ सिर्जना गर्दा जोखिम हुनसक्छ।’
पत्रकार तथा लेखक भवसागर घिमिरेसँग बालबालिकाले किताब पढनुको बारेमा गफ गरेका थिए। स्कुले बालबालिकासँग गफिँदै घिमिरेले कसैले किताब त कसैले फिल्म हेरेर ज्ञान लिन सक्ने बताए। ‘उमेर समूह अन्तरगत फिल्म हेर्दा फरक पर्दैन,’ उनले भने। जुनसुकै उमेर समूहको फिल्म हेर्दा बालबालिकालाई चाहिने भन्दा बढी जानकारी पहिले नै थाहा हुन राम्रो नभएको उनले बताए। ‘यस्तै अवस्था हो भने हाम्रो उमेर समूहले नधान्ने अवस्था आउँछ। यो राम्रो होईन,’ उनले भने, ‘उमेरले नधान्ने अबस्था छ। हामीले उमेर समूह अनुसार फिल्म हेरेनौ भने समस्या पर्न सक्छ।’
कक्षा कोठामा पनि फिल्म हेर्न सकिने उनले बताए। ‘कक्षाकोठाकै पाठ्यसामग्री अन्तरगत रहेर फिल्म हेर्न पनि सकिन्छ,’ घिमिरेले भने। उनले किताब पढ्ने अभ्यास गर्दा बालबालिकामा परिवर्तन आउने बताए। विद्यार्थीसँग गफिएका अरु सहभागिले पनि बालबालिकाले अध्ययन दौरान ध्यान दिनुपर्नेबारेमा अनुभव साटेका थिए।
विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीमा पठनशैली विकास गराउन साहित्य महोत्सवको अभ्यास गरिएको बताए। उनका अनुसार विद्यालयमा पहिलो पटक यो अभ्यास गरिएको हो। ‘पहिलो अभ्यास हो, अहिलेका लागि एकदिनको महोत्सव आयोजना गरेका छौ। अर्काेपटक दिन लम्बाएर महोत्सव गर्ने योजना छ,’ उनले भने। विद्यार्थीमा पछिल्लो समय अध्ययनको शैली कमजोर बनेकोमा चिन्ता जाग्नुपर्ने अवस्था आएको बताए।
‘विद्यार्थीले पुस्तक पढ्नै छाडे। अब पनि बालबालिकालाई पठनपाठनको अभ्यास गराउन सकिएन भने आगामि दिन अझ अप्ठेरा हुनसक्छ,’ बरालले भने। शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा किताबी ज्ञान मात्र नभई पठनपाठनको अभ्यास जरुरी रहेको बताए। आचार्यले भने, ‘कलिला बालबालिकाको ध्यान अहिले पठनपाठनमा भन्दा मोवाइलमा छ, अब त्यसलाई चिर्नुपर्छ,’ उनले भने।
प्रकाशित: १ पुस २०८१ १७:३३ सोमबार