२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

रास्वपाको समानुपातिक सूचीमा कलाकारदेखि पूर्व मिस नेपालसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारमा चलचित्र क्षेत्र, संगीत, सौन्दर्य प्रतियोगिता क्षेत्रका कलाकार पनि परेका छन्।

रास्वपाको समानुपातिक सूचीमा सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पनि रहेकी छन्। उनी आदिवासी महिला क्लस्टरबाट उम्मेदवार भएकी हुन्।

रास्वपाले आयोगमा दिएको ११० जनाको समानुपातिक सूचीमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे समेत परेका छन्। गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट सूचीको दोस्रो स्थानमा छन्।

चलचित्र निर्माता, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा परेका छन्।

यस्तै रीमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी हुन्। गायिका सत्यकला राई र त्रिसाला गुरुङ पनि उज्यालो नेपाल पार्टीबाट समानुपातिकमा सिफारिस भएका छन्।

प्रकाशित: १५ पुस २०८२ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App