२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

‘विलोम’ को सातौं शृङ्खलामा आख्यानकार लोहनी

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’ को सातौं अभ्यास भएको छ।

‘विलोम’ को उद्देश्यअनुरूप सातौं भेटघाट आख्यानकार एवं कवि पुष्कर लोहनीसँग भएको हो।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यासअन्तर्गत स्रष्टा लोहनीसँग तीन घण्टा  जति नेपाली लघुकथा, कुथुङ्ग्री तथा समग्र आख्यान र कविताबारे समेत कुराकानी भएकाे छ।

लघुकथा के हो र कस्तो हुनुपर्छ,  लघुकथा लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उनको लेखनबारे समेत विस्तृत कुराकानी भएको थियो।

लघुकथाकारहरू विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले चलाएकाे ‘विलोम’ अभ्यासअन्तर्गत सातौं अभ्यास डिल्लीबजार,लोहनी निवासमा भएको हो। पहिलो विलोम अभ्यास २०७९, फागुनमा भएको थियाे। 

प्रकाशित: २७ मंसिर २०८१ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App