२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

तस्बिरमा हेरौँ भूमि लोकोत्सवको दोस्रो संस्करणका केही झलकहरू

दोस्रो संस्करणको भूमि लोकोत्सव भव्यताका साथ सम्पन्न भएको छ।

जनकपुरधामस्थित तिरहुतिया गाँछीमा भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजना गरेको ‘भूमि लोक उत्सव’ मङ्गलबार साँझ सम्पन्न भएको हो।

तराई मधेशका परम्परागत लोक सङ्गीत संरक्षण र सम्बद्र्धनको उदेश्यले आयोजना गरिएको यस उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहले गरेको प्रस्तुतिमा मधेश प्रदेशबाट लोप हुन लागेको लोक सङ्गीतको झल्को देखिएको थियो। डा.झा समूहले मधेश र मिथिलाको पौराणिक बाजागजासहित प्रस्तुति दिएको थियो।

राष्ट्रियस्तरमा ख्याती प्राप्त सुशान्त घिमिरे, झुमा लिम्बु, आशिष एण्ड अभिषेक, रुपेश झा लगायतका कालाकारहरूको प्रस्तुतिले काठमाडौंका नृत्य परम्पराको झल्को देखिएको थियो भने सुदन मुनिकारको भैरवकाली नाच तथा सुबिमा श्रेष्ठको कत्थक नाचले सबै समुदयलाई जोड्ने काम गरेको सन्देश दिइएको थियो।

दसैँमा मिथिला क्षेत्रमा गाइने झिझिया गीतमा स्थानीय हिमाली स्कूलका विद्यार्थीहरूले आफ्नो प्रस्तुति दिएका थिए।

मिथिला संस्कृतिका धरोहरका रुपमा रहेका पमरिया, रसनचौकी र झरी–झरी नृत्यले युवा पुस्तालाई परम्परागत गीत र संस्कृतिप्रति ध्यानकर्षण गराएको थियो।

जनकपुरबासीले भूमि लोक उत्सवप्रति देखाएको आत्मियता र सद्भावले आउने वर्षहरुमा अझैं उत्साहका साथ आयोजना गर्न हौसला बढाएको भूमि फाउण्डेशनका अध्यक्ष रञ्जन झाले बताए।

उनले भने, ‘मधेशको पौरानिक सांस्कृतिक संरक्षण र पुनरुत्थान गर्ने उदेश्यसहित सुरुवात गरिएको यस लोक उत्सवले जनकपुरका नागरिकका लागि आफ्नो मौलिक सांस्कृति संरक्षण गर्न प्रेरित गरेका छन्।’

युवा पुस्तामा आफ्नो संस्कृति अध्ययन र ज्ञानको अभिवृद्धि तथा पौराणिक लोक बाजा र सङ्गीतको जगेर्नाका लागि चेतना फैलाउने उदेश्य बोकेको भूमि लोक उत्सवले स्थानीयहरूबाट पाएको सहयोग र सहभागिताले आउने वर्षहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने विश्वास आयोजकले गरेको छ।  

प्रकाशित: १४ कार्तिक २०८१ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App