७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने

चीन सरकारले बेलिब्रिज जडान गरेसँगै रसुवागढी नाका सञ्चालनमा आएको छ ।  

गत असार २४ गतेको बाढीले मितेरी पुल पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि सोही स्थानमा चीन सरकारले बेलिब्रिज जडान गरेको हो। तत्कालका लागि सामान ढुवानी सुरु नभएपनि मानिसका लागि आवातजावत खुला गरिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए । आंशिक रुपमा सञ्चालनमा आएको नाका जनवरी एकदेखि मात्र पूर्णरुपमा सञ्चालनमा आउने भट्टराईले बताए ।  

चीन सरकारले गत सातामात्र नेपाल सरकारलाई पत्र लेख्दै बेलिब्रिज तयार भएको र औपचारिक सञ्चालनको प्रतीक्षामा रहेको व्यहोराको पत्र पठाएको थियो ।  

असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि त्यहाँबाट राजश्व संकलन शुन्य प्रायः छ । 

प्रकाशित: १३ पुस २०८२ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App