१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

छोरीको आमाबुबा बने दीपिका र रणवीर

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह छोरीको आमाबुबा बनेका छन्।

अभिनेत्री दीपिकाले आइतबार छोरीलाई जन्म दिएकी छिन्। उनलाई शनिबार दिउँसो मुम्बईको गिरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो। उनीसँगै रणवीर सिंह र उनको परिवार पनि थिए।

यसअघि ६ सेप्टेम्बरमा दीपिका दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन्।

दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी थिइन्। उनले एक पोस्ट सेयर गर्दै सेप्टेम्बर २०२४ मा बच्चालाई जन्म दिने बताएकी थिइन्।

प्रकाशित: २३ भाद्र २०८१ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App