१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ मा ५० लाख पारिश्रमिक लिएको खुलेको छ।

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा अनमोल केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन्।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन्।

नेपालमा कलाकारहरुले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेको पाइदैन। तर अनमोलले भने सार्वजनिक गरेका छन्। 

प्रकाशित: ३० असार २०८१ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App