६ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल टिपरमुनि: चालकको मृत्यु

चितवनमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह साढे चार बजे भरतपुर महागरपालिका २२ स्थित कुमियामा भरतपुरबाट माडि तर्फ जाँदै गरेको ना २४ प ५२९४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ३६८३ नम्बरको टिप्पर अगाडि छिर्दा मोटरसाईकल चालकको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा माडि नगरपालिका २ स्थित भैरपुरका ३५ वर्षिय सूर्य नारायण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार महतोले चलाएको मोटरसाईकलको टायर पन्चड भएर अनियन्त्रित भई टिपर भित्र पसेको थियो ।  

दुर्घटनामा गम्भिर घाइते भएका महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडि सवार केशर महतो भने सामान्य घाइते भएका छन् । मोटरसाइकल, टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: २५ पुस २०८२ २०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App