२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

काग कति बाठो?

यस्ताे पनि!

हाम्रो जनजिब्रोमा एउटा भनाइ निकै झुण्डिएको पाउँछौँ-काग बाठो, कोइली मिठो ! उसो भए काग कति बाठो हुन्छ त? यसको मापन अहिलेसम्म कसैले गर्न सकेको थिएन। जर्मनीको युनिभर्सिटी अफ टुबिन्जेनस्थित एनिमल फिजियोलोजी ल्याबकी शोधकर्ता तथा न्युरोवैज्ञानिक डायना लियाओ र उनको टोलीले कागले चारसम्म गणना गर्न सक्ने बताएका छन्।

मानिसले जसरी चिजबिज गणना गर्छन्, उसरी नै कागले पनि मिलाएर गणना गर्न जान्दछन्। यो क्षमता जसरी एउटा शिशुले कुनै पनि वस्तुको गणना गर्ने क्षमता राख्छ, उसैगरी कागले पनि गणना गर्न सक्ने क्षमता राख्ने शोधटोलीको भनाइ छ।

कागहरूले गणना गर्दा जसरी सस्वर गणना गर्ने पनि शोधकर्ताको दाबी छ। यो मानिसको गणना गर्ने शैलीजस्तै रहेको अध्येताको भनाइ छ।

न्युरोवैज्ञानिक लियाओ र उनको टोलीले कागहरूले चारसम्म गणना गर्ने बताएकी हुन्। तिनले गणना गर्दा बकाइदा वाचनसमेत गर्ने र वाचन गर्दा हरेक गणनाको स्वर फरक हुने पनि उनको दाबी छ। तर गणनाको शैली के हो, कस्तो हो भन्नेबारे लियाओले बताउन भने सकेकी छैनन्।

मानिसले जसरी गणनालाई दिमागमा खेलाएर अनि बल्ल आवाज निकाल्छन्, त्यसैगरी कागहरूले पनि त्यही शैलीमा आवाज निकाल्छन्। जनावरहरूको सोच्ने क्षमतामाथि अध्ययन गरिरहेकी जीवविज्ञानकी प्राध्यापक हिथर विलियम्स भन्छिन्, ‘कागले गणना गर्न जान्दछ भन्नेमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन किनभने हरेकको आफ्नो क्षमता हुन्छ। तिमध्ये काग निकै ‘चतुरो’ हुन्छ भन्ने त पहिलेदेखि नै थाहा भएकै कुरा हो ।’

प्रकाशित: २४ असार २०८१ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App