१२ असार २०८१ बुधबार
image/svg+xml
कला

काँग्रेस सांसद विष्टको ‘ब्याधी र विजय’ विमोचन

कोरानाकालमा भोगेको दुःखलाई समेटेर नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले ‘ब्याधी र विजय’ नामक पुस्तक बजारमा ल्याएका छन् । कोभिड–१९ को संक्रमणपछि एक वर्ष लामो उपचारपछि निको भएका विष्टले लेखेको पुस्तक आइतबार नेपाली काँग्रेसका उपसभापति एवंम पूर्व उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले विमोचन गरे।

पुस्तक विमोचन गर्दै उपसभापति खड्काले पुस्तक लेखन एउटा कठिन काम भएको र जीवनको भोगाई भावी पुस्तासम्म लैजानका लागि पुस्तक एउटा कालखण्डमा मात्रै नभएर भावी पुस्तासम्मकै लागि उपयोगी हुने बताए।

‘कोभिड–१९ कारणले उहाँ गम्भीर अवस्थामा हुनुहुन्थ्यो, भौतिक रूपमा भेट्न नपाए पनि मैले निरन्तर डाक्टरहरूसँग सुझाव लिइरहेको थिए,’ उनले भने,‘त्यो कठिन अवस्थामा पनि उहाँले नयाँ जीवन पाउनुभएको हो।’

नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको  एउटा भनाई लिँदै उपसभापति खड्काले भने, ‘मान्छे मिति नपुञ्जेल न जन्मछ न मर्छ।’ उनले भने,‘सशस्त्र द्वन्द्वका बेला भागेको गाथा आफ्नो ठाउँमा छदैँछ।’

समाजका काम लाग्ने लेख्नुपर्ने र जीवनमा भएका घटनापछि पुस्तकबाट जीवन नरहुन्जेलसम्म निरन्तर जिइरहरने भएको जीवन उपयोगी पुस्तक आवश्यक रहेको उपसभापति खड्काले बताए।

कोभिड–१९ को पहिलो लहरपछि नयाँ भेरियन्टका साथ दोश्रो लहर चलेका कारण सरकारले २०७८ साल वैशाख १६ गते पुनः लकडाउन भएको बेला आफूलाई कोभिड–१९ ले संक्रमित भइसकेको पुस्तकका लेखक तथा नेपाली काँग्रेस कर्णाली प्रदेशसभाका प्रमुख सचेतक विष्टले बताए । ‘त्यस व्याधिले त्यस वर्ष भरी थलिए।’ उनले भने,‘कोभिड–१९ का कारणले त्यस वर्ष भरी थलिए। त्यसैका कारणले फोक्सो र टिभी९क्षयरोग० बाट रिकभर हुन निकै लामो समय लाग्यो।’

कोभिड–१९ रिकभर भएर चुनावमा टिकट पाएको बेला नै आफूलाई डेङ्गी रोगले समातेको विष्टले बताए। ‘अनुभूति, सहानुभूति र समानुभूतिले अरु माथि घटेको घटनाले आफूमा हलचल पैदा गराउने हुँदा यस पुस्तकबाट पाठकले समय सन्द अनुभूति गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु।’ उनले भने,‘साहित्यमा ‘स्वान्त सुखाय’ अर्थात आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजनाहरू हुन्छन्। भनिन्छ–दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ। मैले पनि आम सुख दुःखहरू यस किताबमा राखी तयार गरे। यो पुस्तकको जन्म यसरी हुन पुग्यो।’

प्रकाशित: २ असार २०८१ २१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App