२० असार २०८१ बिहीबार
image/svg+xml
कला

साउदी अरबले मिस युनिभर्समा भाग नलिने, रूमीको सपना अधुरै

साउदी अरबले मिस युनिभर्स प्रतियोगितामा भाग नलिने भएको छ। पहिलो पटक मुस्लिम देशको प्रतियोगीको रुपमा साउदी अरबले मिस यनिभर्समा सहभागिता जनाउन लागेको विषयमा कुनै जानकारी नभएको आयोजकले जनाएको छ।

मिस युनिभर्स अर्गनाइजेशनले यस वर्ष हुन लागेको प्रतियोगितामा साउदी अरबले भाग नलिने प्रष्ट पारेको छ।

एक वक्तव्य जारी गर्दै अर्गनाइजेशनले साउदी अरबले हालसम्म यस वर्ष हुने मिस युनिभर्स प्रतियोगितामा भाग लिने कुरा आधिकारिक रुपमा पुष्टि नगरेको बताएको छ। जबसम्म साउदी अरबले जानकारी गराउँदैन तबसम्म मिस युनिभर्स प्रतियोगितामा साउदी अरबलाई प्रवेश नदिने उसको बयानमा उल्लेख छ।

२७ वर्षीया साउदी अरबकी मोडल रूमी अलकाहतानीले आफ्नो इन्स्टाग्राममा मिस युनिभर्स प्रतियोगतामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन्।

उनले विश्वमै पहिलो पटक मुस्लिम मुलुकको रुपमा साउदी अरबले भिस युनिभर्स प्रतियोगितामा सहभागिता जनाउन लागेको दावी गरेकी थिइन्। तर, साउदी अरब सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक जानकारी गराइएको छैन।

प्रकाशित: २२ चैत्र २०८० १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App