२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा वरिष्ठ नेता बालेनले भेटे पूर्वउपसभामुख रानामगरलाई

झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वउपसभामुख इन्दिरा रानामगरसँग भेटवार्ता गरेका छन् । 

झापा–२ की उम्मेदवारसमेत रहेकी रानामगरलाई उनकै घरमा भेटेर बालेनले जितका लागि समर्थन र सहयोग जनाएका छन्। चुनावी अभियानमा ऐक्यबद्धता जनाउँदै बालेनले परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे रानामगरसँग छलफल गरेका थिए ।  

प्रस्तावित प्रधानमन्त्रीसमेत रहेका बालेनले रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन्।  

झापा २ बाट पूर्वसभामुख देवराज घिमिरे, नेपाली कांग्रेसकी सरिता प्रसाईं र राप्रपाका स्वागत नेपाल प्रतिस्पर्धामा छन् । बालेनले भने झापा ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्। 

प्रकाशित: ७ माघ २०८२ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App