२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापान : पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ। ४३ वर्षीय तेत्सुया यामागामीले सन् २०२२ मा नारा सहरमा एक र्‍यालीका क्रममा गोली हानी आबेको हत्या गरेका थिए। 

गत वर्ष उनले अपराध स्वीकार गरेका थिए। तर जापानमा उनलाई कस्तो सजाय दिनुपर्छ भन्ने बारेमा जनमत विभाजित रह्यो।

धेरैले ४५ वर्षीय व्यक्तिलाई निर्दयी हत्यारा मान्छन् भने कतिले उनको कठिन बाल्यकालको लागि सहानुभूति राख्छन्।

सरकारी वकिलहरूले यामागामीलाई ‘गम्भीर’ अपराधको लागि आजीवन कारावासको सजाय हुनुपर्ने तर्क गरेका थिए। आबेको हत्याले राष्ट्रलाई स्तब्ध बनाएको थियो। जापानमा बन्दुक अपराध लगभग अस्तित्वमा छैन।

यामागामीका वकिलहरूले उदारताको खोजी गर्दै उनी ‘धार्मिक दुर्व्यवहार’को सिकार भएको बताएका थिए।

प्रकाशित: ७ माघ २०८२ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App