१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

साहित्य चौतारीबाट वरिष्ठ साहित्यकारहरू सम्मानित

साहित्य चौतारीले रजत वर्षको अवसरमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, मीमलाल सापकोटा, विमला तुम्खेवा र भक्त खपाङगीलाई अभिनन्दन गरेकाे छ।

साहित्य चौतारीका संरक्षक एव अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सम्मानितहरूको तर्फबाट साहित्यकार युवराज काफ्लले भाषा र स्रष्टा सम्मानमा साहित्य चौतारीको अतुलनीय योगदान रहेको बताए।

साहित्यकार हरिनारायण भट्टराईको प्रमुख आतिथ्य सम्पन्न सो कार्यक्रममा पत्रकार डिएल प्रधान, साहित्य चौतारीका सल्लाहकार एवं आख्यानकार राजेन्द्र संग्रौला, अनिरुद्र ओली, संगीतकार रमेश गुरुङ, संरक्षक उर्मिला विमली श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो।

चौतारीका प्रेस सल्लाहकार एवं पत्रकार तुलसी निरौलाले चलाएको सो कार्यक्रममा संस्थाका सचिव गौरव श्रेष्ठले कार्यक्रमको औचित्य र महत्त्वमाथि प्रकाश पारेका थिए। साथै श्रेष्ठको जन्मदिन पनि परेकोमा उनलाई विशेष सम्मान पनि गरिएको थियो।

कार्यक्रममा भारतीय गायिका जुनु गौतमको विशेष प्रस्तुति रहेको थियो भने सप्तकसंगीत विद्यालयका विद्यार्थी अन्नत मिश्रको पनि प्रस्तुति रहेको थियो।

साहित्य चौतारीको रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमा कवि मोक्ष खतिवडाले कविता, सप्तक सङ्गीत विद्यालयका विद्यार्थीहरू : प्रज्वल थापा, मनिषा भट्टराई, आलिया अधिकारीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा गायक तथा संगीकार जीवन अधिकारीलगायत साहित्य र सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ माघ २०८० १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App