२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'दिव्य शताब्दी पुरुष' डा.दाससहित विभिन्न व्यक्तित्वलाई सम्मान

कर्ण कायस्थ महिला समाजले दिव्य शताब्दी पुरुष डा.गौरीशंकर लाल दाससहित विभिन्न व्यक्तित्त्वहरूलाई सम्मान गरेको छ।

समाजले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिवार एक कार्यक्रमको आयोजना गरी दिव्य पुरुष डा.दासलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा सिरहाको इनर्वामा वि. सं. १९८१ मा बुबा जनार्दन लाल दास र आमा भवानी दासबाट जन्मेका डा.दासलाई विशेष सम्मान गरिएको समाजकी अध्यक्ष डा.मिना कर्णले बताइन्।

डा.दासलाई यसअघि गत असोजमा सरकारले 'दिव्य शताब्दी पुरुष' घोषणा गरेको थियो।

वरिष्ठ बालरोग विशेषज्ञचिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएका डा. दासलाई सम्मानित गरिएको हो।

२००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा.दास सय वर्ष उमेर पूरा भएर पनि विभिन्न सामाजिक अभियानमा सक्रिय छन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. दासले भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका हुन्। डा. दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै समाजले डा.दासलाई सम्मान गरेको हो।

यस्तै समाजले मधेशी तथा कर्ण महिला समुदायको क्षेत्रमाका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्त्वहरूलाई पनि सम्मान गरेको छ। मिथिला चित्रकलालाई नेपालसहित विदेशमा पनि स्थापित गराउन सफल भएकोमा चन्दा मल्लिक कर्ण र प्रिया मल्लिक, फैशन डिजाइनर सुचिता साची, महिला स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याएकोमा डा.अनामिका कर्ण, घरेलु व्यवसायबाट मधेशी महिलाका लागि नमूना बन्न सफल भएकोमा रुबिना कर्ण र गिता कर्ण, विगत १५ वर्षदेखि मोफसलदेखि केन्द्रसम्म पत्रकारिताको माध्यमबाट मधेश र मधेशी महिलाको मुद्दा उठाउँदै आएकोमा पत्रकार सुषमा कर्ण (स्नेहा), बैँकिङ क्षेत्रमा सक्रिय रिम्मी कर्ण, अनुजा दत्तलाई न्याय सेवा क्षेत्रका लागि तथा सविता मल्लिकलाई पद्मकन्या क्याम्पसको प्रथम श्रेणीको प्राध्यापकको रुपमा कार्यरत भएकोमा सम्मान गरेको छ।

यस्तै समाजले आफ्नो संस्थाको संरक्षक सदस्यहरूलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेमा डा.गौरीशंकर लाल दास, लोकेन्द्र मल्लिक, कमल नारायण दास, श्यामकला मल्लिक, कमल प्रसाद कर्ण, उपेन्द्र लाभ, शिव भुषण लाल, राजीव कुमार, हृदय मोहन लाल दास, दिनेश्वर लाल कर्ण, डा. विजय कुमार दत्त र अनिल कुमार दत्त रहेका छन्।

यस्तै नेपाल चित्रगुप्त समाज, ग्लोबल कन्फरेन्स, मिशन टू कडोर र नेपाल चित्रगुप्त महासङ्घलाई पनि सम्मान गरिएको छ।

यस्तै समाजले आफ्ना आजीवन सदस्यहरू सरला कर्ण, भारती कर्ण, रञ्जना कर्ण, निभा कर्ण, अर्चना कर्ण, रीमा दत्त, उषा कर्ण, अर्पणा चौधरी कर्ण, कविता कर्ण र पुष्पा कर्णलाई पनि सम्मान गरेको थियो।

त्यसैगरी समाजका संस्थापक सदस्यहरू डा.मिना कर्ण, सिद्धी कर्ण, आशा कर्ण, रिंकी मल्लिक, सुमिता कर्ण, लता मल्लिक कर्ण, पूनम दास, सविता कर्ण दास, विभा लाल, विनिता भारती, पुनम मल्लिक कर्ण, विनिता कर्ण, सविता दास, पुनम दास, अर्चना लाल, अनिता कर्ण, रितु चौधरी, मिनु मल्लिक, प्रिति दास मल्लिक, शारदा लाभ, निता कर्ण र सरिता कर्णलाई पनि सम्मान गरेको थियो।

सम्मानित हुनेलाई प्रमुख अतिथि कायस्थले सम्मान पत्र र समाजका अध्यक्ष मिना कर्णले दोसल्ला ओढाएकी थिइन्। साथै संरक्षक सदस्यहरूलाई दोसल्ला, मिथिलाको पहिचानको रुपमा स्थापित पाग र सम्मान पत्रले सम्मान गरिएको थियो। उनीहरूलाई समाजकी पुनम दास, सविता कर्ण, सुमिता कर्ण, विनिता लाल, हेमा दत्त लगायतले माग र ब्याच लगाइदिएका थिए भने कार्यक्रमको उद्घोषण मिनु मल्लिकले गरेकी थिइन्।

कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, चित्रगुप्त सेवा समाजका अध्यक्ष सन्तोष किशोर लाल, पूर्व अध्यक्ष रतिशचन्द्र लाल, मिना लाल लगायतको उपस्थिति थियो।

प्रकाशित: १४ माघ २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App