९ वैशाख २०८२ मंगलबार
image/svg+xml ४:५४ पूर्वाह्न
कला

सञ्चारकर्मी चौधरीको ‘चोखो माया’ सार्वजनिक

पत्रकार सहदेव चौधरीद्वारा लिखित प्रेमिल गीत ‘चोखो माया’सार्वजनिक भएको छ। चौधरीको शब्द रहेको उक्त गीतमा संगीता राना प्रधानको स्वर रहेको छ। यो गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन्। गीतमा प्रेमका आग्रह गरिएको भाव रहेको चौधरीले बताए।

एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल चौधरीको यो पहिलो गीत हो। आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले जानकारी दिए।

प्रकाशित: ३ पुस २०८० १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App