८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंका दुई अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंद्धारा सञ्चालित दुई अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार बी एण्ड सी मेडिकल टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पताल प्रालिको बैंक खाता सञ्चालनमा ल्याउन बाटो खुलाउने आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार दुवै अस्पतालका तर्फबाट अपरेसन डाइरेक्टर डा. अञ्जली कार्कीले खाता फुकुवाको माग गर्दै आइतबार रिट दायर गरेकी थिइन्।

रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित क्रमशः १८ र १४ जना व्यक्तिलाई विपक्षी बनाइएको थियो।

डा. कार्कीको रिटमा बैंक खाता रोक्का गरिएकाले अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै तत्काल फुकुवा गर्न माग गरिएको थियो। सर्वोच्चले अन्तरिम आदेशसहित विपक्षीहरूलाई ‘कारण देखाउ आदेश’ समेत जारी गर्दै जवाफ मागेको छ।

बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईं हाल तीनकुने घटनासँग जोडिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

प्रकाशित: ८ वैशाख २०८२ २१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App