१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।

नेपाल पर्यटन बोर्डको सभाहलमा भएको समापन समारोहमा राजन कठेत र सुनिल पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट वृतचित्रतर्फको पुरस्कार जितेको छ।

आयोजक संस्था मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णुबहादुर खत्रीले चलचित्रकर्मी र मानव अधिकारकर्मीको साथ र सहभागिताले महोत्सव सफल भएको बताए। ‘चारदिने महोत्सवले विश्वभर मानव अधिकारका विषयमा निर्माण गरिएका छोटा चलचित्र तथा वृत्तचित्रसँग साक्षात्कार गरायो। यसले हाम्रा चलचित्रकर्मीलाई सघायो भन्नेमा विश्वस्त छौँ’, उनले भने।

महोत्सवमा ‘चलचित्र विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार स् अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल हुनाका साथै फोटो प्रदर्शनीसमेत गरिएको थियो। महोत्सवमा नेपालसहित २७ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिएका थिए।  

प्रकाशित: २६ मंसिर २०८० १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App