३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

पत्रकार तथा साहित्यकार पाल्पालीको स्मृति दिवस

काव्य घर नेपालको साहित्य विभाग पेरोल काव्य घरले पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस मनाएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ को प्रमुख आतिथ्य तथा वरिष्ठ पत्रकार गोपाल थपलियाको अध्यक्षतामा स्मृति दिवस मनाइएको हो।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख निवर्तमान प्राज्ञ प्राडा हेमनाथ पौडेल, समालोचक प्राडा सावित्री मल्ल कक्षपति, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, फित्कौली डटकमका प्रमुख नरनाथ लुईंटेल नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला नेपाल, पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाई,सदस्य शान्तराम बिडारी लगायतको आतिथ्यमा कार्यक्रम भएको थियो।

राष्ट्रिय गान तथा स्वर्गीय पत्रकार एवं साहित्यकार पाल्पालीको तस्वीरमा माल्यार्पण गरेर शुरू भएको कार्यक्रममा साहित्यकार अन्जना पौडेलले स्वागत मन्तव्य दिइन्। उनले यस्ता कार्यक्रमले लेखक साहित्यकारको कर्मलाई जीवन्त राख्न फलदायी हुने तथा पाल्पालीकाे व्यक्तित्व उच्च भएकाे बताएकी थिइन्।

यसै क्रममा नोबेल साकोसका संस्थापक तथा साहित्यकार राजनप्रसाद न्यौपानेले बी.के. पाल्पाली आफ्ना कृतिमार्फत बाँचेको भन्दै उनको जीवनीबारे प्रष्टयाएका थिए।

मन्तव्यका क्रममा प्राज्ञ सदस्य चेतनाथ धमलाले पाल्पालीसँगको सहयात्रा सम्झनालायक भएको बताए। उनले  हाइकुको विधागत उन्नयनमा पाल्पाको उल्लेखीय रहेको बताए।

यसै क्रममा नेपाल पत्रकार महासंघका नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाई, सदस्य शान्तिराम बिडारीले पाल्पालीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघका तर्फबाट पाल्पाली बचाउ अभियानमा खेलेको भूमिका स्मरण गरेका थिए।

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले पाल्पाली बहुमुखी व्यक्त्वि रहेको बताउँदै आफूले अनुसन्धान गरेका चार सयभन्दा बढी महाकाव्यका तुलनामा उनका कृति उत्कृष्ट सयभित्र रहेको बताएका छन्।

दिव्य गिरीले हाइकुबारे विर्मश गर्दै पाल्पालीको योगदानको चर्चा गरिएको थियो। हाइकु लेखनकाे इतिहासमा पाल्पालीको ठूलो योगदान रहेको बताए।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ ले कर्म र विचार स्तुत्य हुन्छन् भन्दै थोरै समयमा पाल्पाली नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा आफ्नै सक्रियताले बाँचेकाे बताए।

कार्यक्रममा प्राडा हेमनाथ पौडेलले पाल्पालीको स्मृति गर्दै पाल्पाली निवास पुग्दा हाइकु साहित्यको कृति दिएको बताउँदै उनले नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए।

संस्कृतिविज्ञ डा. शशी थापा पण्डितले पाल्पालीको कृतिबाट पेस्तोलभित्रको बारुद कविता र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाले मुक्तक वचन गरेका थिए। त्यस्तै साहित्यकार ललिता दोषीले पाल्पालीका हाइकु र राधिका कल्पितले कविता वाचन गरी पाल्पालीको स्मरण गरिएको थियो।

कार्यक्रममा सरस्वती गौतम, गोविन्दप्रसाद चौलागाईं, भुपराज खडका, वैरागी जेठा, लक्ष्मी उप्रेती, राधिका कल्पित,राज श्रेष्ठ सागर, उषा केसी, संगिता सारथी, रामप्रसाद पन्त,ललिता दोषी, भुवन शिवाकोटी लगायतका चार दर्जन उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार एवं पेरोल काव्य घर नेपालको  साहित्य विभाग प्रमुख तथा काव्य घर नेपालकी महासचिव  रेणुका भट्टराईले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

उनले बीके पाल्पाली स्मृति पत्रकारिता तथा साहित्य सम्मान र पुरस्कारको स्थापना गरिएको र संस्थाको वार्षिक कार्यक्रममा उपर्युक्त व्यक्तित्वलाई प्रदान गरिने बताइन्। उक्त कार्यक्रमको समीक्षा प्राडा सावित्री कक्षपतिले गरेकी थिइन्।  

प्रकाशित: १९ आश्विन २०८० ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App