३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नयाँ भनिएका दलतिर हावा चले पनि आफ्नै पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा बस्ने रुकुम पूर्वका नेता कार्यकर्तासँगको भेटघाटका बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

‘मैले के बुझेको छु, भने नेपाली कम्युनिस्ट पार्टी, समानुपातिकमा त भन्न सक्दिनँ। किनभने नयाँ भन्नेहरूतिर अलिकति हावा चलेकै छ,’ प्रचण्डले भने,‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’

एक नम्बर भए आउने पाँच वर्षमा देशलाई आफूले देखेको सपनातिर डोर्‍याउने उनले बताए । त्यसका लागि काठमाडौंमा बस्ने रुकुम पूर्वका नेताकार्यकर्तालाई जुटिदिन उनले आग्रह गरे। 

प्रकाशित: १६ माघ २०८२ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App