मोरङ क्षेत्र नं ६ मा पनि रास्वपाकै उम्मेदवार रुविना अचार्यको अग्रता कायमै रहेको छ। आचार्यले ६ हजार २ सय ३६ मतले अग्रता लिएकी हुन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १ हजार ३ सय १२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले १ हजार २ सय २३ मत प्राप्त गरेका छन् । हाल सम्म ११ हजार १३ मत गणना भइसकेको छ।
उक्त मत गणना हुँदा ६ सय ९८ मत बदर भएको मोरङ क्षेत्र नं ६ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:२८ शुक्रबार





