रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।
उनले ३ हजार ६६९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुशुम थापाले १ हजार २९ मत पाएकी छिन्।
त्यस्तै, एमालेका लिलामणि गौतमले ६ सय ६३ मत ल्याउँदा रास्वपाका लखनकुमार थापाले ३ सय २६ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:११ शुक्रबार





