इलाम क्षेत्र नम्बर १ मा दिउँसो पौने २ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
दुई पटक बसेको सर्वदलीय बैठकले कृष्ण आश्रमको मत पहिला गन्ने सहमतिसँगै गणना सुरु गर्ने निर्णय गरेको हो ।
बिहानको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसकेर स्थगित भएको थियो । फेरि मध्यान्नको बैठकले विवादित भनिएको कृष्ण आश्रमको मत पहिला गन्ने सहमतिसँगै दिउँसो पौने २ बजेदेखि गणना थाल्ने सहमति गरेको हो ।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:२१ शुक्रबार





