२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी-३ मा मतगणना सुरु

सुनसरी क्षेत्र नं. ३ मा अहिले ८ः२० बजेबाट मतगणना सुरु भएको छ। यस निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी प्रतिष्प्रर्धामा छन्।

यस्तै, तेस्रो प्रयासमा अघिल्लो पटक चुनाव जितेकी एमालेकी भगवती चौधरी, रास्वपाका अशोक चौधरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दुर्गेश चौधरीसहित २२ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा छन्।

क्षेत्र नं.३ मा इटहरी उपमहानगरपालिकाका दशवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु पूरै गाउँपालिका समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App