खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले पन्ध्र हजार २३८ मतकाे साथ अग्रता कायम गरेकाे छ।
‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका राईले अग्रता कायम गरिरहँदा एघार हजार ८१२ मतकाे साथ नेकपा (एमाले) काे देवविक्रम राईले पछ्याउँदै छन्।
त्यस्तै नेपाली कांग्रेसकाे बिरकाजी राईले एघार हजार ४००, नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले आठ हजार ७३४ र घण्टीले पाँच हजार २३८ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ०५:१९ आइतबार





