coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुरमा रेनु दाहाल निरन्तर अगाडि बढ्दैः सुवेदी २ हजार ९सय ४६ मतले पछि

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)  की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।

वडा नं ८को मतगणना सकिँदासम्म दाहालले २ हजार ९४६ मतान्तर बनाएकी  छन्। भरतपुरमा ३७ हजार ८६७ मतगणना हुँदा दाहालले १४हजार ३७७ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ११हजार ४३१  मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५ हजार ९९७ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्।

उनले १६ हजार ७४१ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ९ हजार २६९ मत  प्राप्त गरेकी छन्। भरतपुरमा १(८ नम्बर वडा गनेर सकिएको छ। त्यसमध्ये नेपाली कांग्रेसले ६, नेकपा (एमाले)  र नेकपा (एकीकृत समाजवादी)ले एक एक वडा जितेका छन्। अहिले भरतपुर ९ नम्बर वडाको मतगणना जारी  छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App