१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्धः अमेरिका–इजरायल आक्रमणको १६ औं दिनमा कहाँ के भयो?

आइतबार बिहान संयुक्त राज्य अमेरिका र इजरायलले इरानको इस्फहान शहरमा आक्रमण गरेसँगै द्वन्द्व १६ औं दिनमा प्रवेश गरेको छ। सो आक्रमणमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ।

इरानले पनि बदला लिने क्रममा क्षेप्यास्त्र प्रहार गर्दा आइतबार मध्य इजरायलमा साइरन बज्यो। तेहरानले खाडी देशहरूमा आफ्नो आक्रमण जारी राखेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान 'सम्झौता गर्न चाहन्छ' भनी दाबी गरे। उनले हर्मुजको स्ट्रेट खुला राख्न नौसेना गठबन्धनको लागि आह्वान गरे।

विगत २४ घण्टामा कहाँ के के भयो?

इरान

इरानको फार्स प्रान्तको राजधानी शिराजमा रहेका आवासीय क्षेत्रहरूमा आक्रमण गरिएको थियो।

यस्तै, मध्य इरानको औद्योगिक शहर इस्फहानमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

त्यसैगरी इजरायलसँग सहकार्य गर्ने प्रयास गरेको आरोपमा उत्तरपश्चिमी इरानमा २० जनालाई पक्राउ गरिएको तस्निमले उल्लेख गरेको छ। उनीहरूमाथि इरानको सैन्य र सुरक्षा सम्पत्तिको स्थान विवरण इजरायललाई पठाएको आरोप लगाइएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डाहरू विरुद्ध '५० औं लहर' अभियान सुरु गरेको छ। यो अपरेशन संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतमा 'अमेरिकी आतंकवादी सेनाको अड्डाहरू विरुद्ध' गरिएको थियो।

खार्ग आक्रमणको बारेमास् विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले युएईबाट प्रहार गरिएको क्रूज मिसाइलहरूविरुद्ध बदला लिने बताएका छन्। उनले भने, 'तेहरानले बदला लिन सक्छ, र यो क्षेत्रको लागि खतरनाक हुनेछ।'

इरानमा क्षतिः तेहरानका गभर्नरले अमेरिका–इजरायली आक्रमणका कारण कम्तिमा १०,००० आवासीय घरहरू ूक्षतिग्रस्त वा पूर्ण रूपमा नष्टू भएको रिपोर्ट गरेको छ। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले युद्ध सुरु गरेदेखि १,४०० भन्दा बढी मानिसहरू मारिएका छन्। यसअघि, अमेरिकी रक्षा सचिव पिट हेगसेथले युद्ध सुरु भएदेखि कम्तिमा १५,००० 'शत्रुको निशाना' मा प्रहार गरिएको दाबी गरेका थिए।

खाडी देशहरूमा

साउदी अरेबियाः रक्षा मन्त्रालयले रियाद महानगरीय क्षेत्रमा चार ड्रोनहरू रोकिएको बताएको छ। इरानले बदला लिन थालेदेखि भएका आक्रमणहरूमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यसअघि, मन्त्रालयले राज्यको अल–खर्ज गभर्नरेटतर्फ प्रहार गरिएका छ वटा ब्यालिस्टिक मिसाइलहरू नष्ट गरिएको र पूर्वी प्रान्तमा रोकिएका दुई ड्रोनहरू पनि रहेको बताएको थियो।

युएईः इरानी समाचार एजेन्सीहरूले जारी गरेको विज्ञप्ति अनुसार आईआरजीसीले युएईको अल–धाफ्रा एयरबेसमा अमेरिकी सेना विरुद्ध १० वटा क्षेप्यास्त्र र धेरै ड्रोनहरू प्रहार गरेको छ।  

रणनीतिक महत्वको खार्ग टापुमा अमेरिकी आक्रमण युएईबाट भएको इरानी दाबीपछि अबुधाबीले इरानलाई 'नैतिक दिवालियापन' को आरोप लगाएको छ।

बहराइनः बहराइनको आन्तरिक मन्त्रालयले साइरनहरू सक्रिय पारिएको र बासिन्दाहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको बताएको छ। भिडियो पोस्ट गर्ने र देशमा इरानी आक्रमणको बारेमा गलत जानकारी फैलाएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको बताएको छ। इरानी आक्रमणमा हालसम्म कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

कुवेतः अहमद अल–जबेर एयरबेसको परिधिमा दुईवटा क्षेप्यास्त्र प्रहार हुँदा तीन सैनिक घाइते भएको कुवेतका अधिकारीहरूले बताएका छन्। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सुविधाहरूमा ड्रोनहरूले प्रहार गरेको र यसको राडार प्रणालीको एक भागमा क्षति पुगेको उनीहरूले बताएका छन्।

कतारः खाडी राज्यले इरानबाट प्रहार गरिएका चारैवटा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको रक्षा मन्त्रालयले शनिबार जनाएको छ।

अमेरिका

राष्ट्रपति डोनल्ड ट्रम्पले  इरान 'सम्झौता' गर्न चाहेको बताएका छन्।  

एनबीसी न्यूजलाई फोन अन्तर्वार्तामा उनले भने, 'इरानसम्झौता गर्न चाहन्छ, तर उनी त्यसको लागि तयार छैनन् किनभने सर्तहरू अझै पर्याप्त छैनन्।'  यस्तै, उनले हर्मुजको स्ट्रेट सुरक्षित गर्ने योजनामा ​​अन्य देशहरूसँग काम गरिरहेको बताएका छन्

यस्तै, ट्रम्पले इरानका नयाँ सर्वोच्च नेताू जीवित पनिू छन् कि छैनन् भनेर प्रश्न गरेका छन्। उनले इरानको रणनीतिक खार्ग टापुमा अमेरिकी आक्रमणले टापुको अधिकांश भाग पूर्ण रूपमा ध्वस्तू भएको बताए।  उनले रमाइलोको लागि अझै धेरै पटक आक्रमण गर्ने बताए।

त्यसैगरी, उनले चीन लगायत खाडीको तेलमा निर्भर सहयोगी देशहरूलाई जहाजहरूलाई सुरक्षा दिन स्ट्रेटमा युद्धपोत पठाउन आह्वान गरे। यद्यपि, कुनै पनि देशले यो कुरा पुष्टि गरेको छैन।  

इजरायल

इजरायलको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इरानसँगको द्वन्द्वका कारण १०८ जना घाइते भएका जनाएको छ।

इरान र लेबनानमा हिजबुल्लाहबाट क्षेप्यास्त्र र रकेट प्रहार हुँदा इजरायलभरि हवाई आक्रमणको साइरन बजेको र भग्नावशेष खसेर होलोन शहरमा आगलागी भएको बताइएको छ।  

अमेरिकी समाचार वेबसाइट सेमाफोरले रिपोर्टमा इरानसँगको द्वन्द्व बढ्दै जाँदा इजरायलले यस हप्ता अमेरिकालाई ब्यालिस्टिक क्षेप्यास्त्र इन्टरसेप्टरहरूमा अत्यन्तै कमी रहेको जानकारी दिएको छ।

लेबनान

इजरायली हवाई आक्रमण र तोपखानाले धेरै शहरहरूमा आक्रमण गर्दा दक्षिणी लेबनानी शहरहरूमा इजरायली सेनाको अग्रता रोक्न हिजबुल्लाहले लडाईं गरिरहेको छ।

लेबनानको आपतकालीन सेवाहरूले देशको दक्षिणमा रहेका दुई शहरहरूमा इजरायली आक्रमणमा एक बच्चासहित कम्तिमा पाँच जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएको छ।

अर्को इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानको क्वान्टारामा दुई बालबालिकासहित एक सम्पूर्ण परिवारको मृत्यु भएको छ।  

फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायली आक्रमण सुरु भएदेखि इजरायली आक्रमणमा ८२६ जनाको मृत्यु भएको छ र ८,००,००० भन्दा बढी विस्थापित भएका छन्।

विश्व स्वास्थ्य संगठनका प्रमुखले विगत २४ घण्टामा दक्षिणी लेबनानमा भएका आक्रमणहरूमा १४ स्वास्थ्यकर्मीको मृत्यु भएको बताएका छन्। (अलजजीराको सहयोगमा)

प्रकाशित: १ चैत्र २०८२ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App