काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ। उनले अहिलेसम्म १२ हजार ८ सय ९२ मत प्राप्त गरेका छन्।
उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ६००७ मत धेरै ल्याएका हुन्। स्थापितले ६हजार ८ सय ८५ प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६१०९ मत पाएकी छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ १५:२६ मंगलबार





