२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मादी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका गुरुङ विजयी

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ विजयी भएका छन्।

वैशाख ३० गते सम्पन्न निर्वाचनको आज सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार उपाध्यक्षमा भने नेकपा (एमाले)  का कल्पना गुरुङ निर्वाचित भए।

अध्यक्षमा विजयी कांग्रेसका गुरुङले छ हजार ५८४ र उनका प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङले पाँच हजार ७५० मत प्राप्त गरेका निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिए। यसैगरी उपाध्यक्षमा नेकपा(एमाले) का कल्पनाले पाँच हजार ८२८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनका साझा उम्मेदवार नेकपा(माओवादी केन्द्र) का लालबहादुर गुरुङले पाँच हजार ६१६ मत प्राप्त गरेका छन्।

मादीका १२ वडाहरुमध्येमा कांग्रेसले छ, एमालेले चार र माओवादीले दुई वडा जितेको छ। कांग्रेसले वडा नं १, २, ३, ५, १० र ११, एमालेले वडा नं ४, ६, ८ र ९ तथा माओवादीले वडा नं ७ र वडा नं १२ जितेको छ।

कास्कीका पाँच स्थानीय तहहरुमध्येमा अहिलेसम्म मादीसहित, रुपा, अन्नपूर्ण र माछापुच्छेको अन्तिम परिणाम सार्वजनिक भएको छ। रुपा र अन्नपूर्णमा एमाले तथा माछापुच्छेमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेका छन् । पोखरा महानगरको भने गणना जारी छ। रासस

प्रकाशित: ३ जेष्ठ २०७९ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App