७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

वीरेन्द्रनगरमा कांग्रेसको अग्रता कायमै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी मतगणनामा कांग्रेसले अग्रता लिइरहेको छ। 

वीरेन्द्रनगरका १६ वटा वडा मध्ये हालसम्म चार वडाको मतगणना सम्पन्न भएको छ। मत गणना सम्पन्न भएका चार वडा मध्ये दुई कांग्रेस र दुई एमालेले जितेको छ। अहिले वीरेन्द्रनगर–३ को मतगणना भइरहेको छ।  

वीरेन्द्रनगरको मेयर र उपमेयरमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन । हालसम्म गणना भएको मत मध्ये कांग्रेसका उपेन्द्रबहादुर खड्काले ४ हजार ९९५ मत ल्याएका छन् भने एमालेकी मोहनमाया ढकालले ४ हजार ८३८ मत प्राप्त गरेकी छन्।

यस्तै उपमेयरमा एमालेका निलकण्ठ खनाल ५ हजार ७४६ का साथ अगाडि छन्। गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति ढकालले ३ हजार ८६९ मत प्राप्त गरेकी छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App