२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

सबैको अन्तर्मनमा करुणाको दीप बलोस् : अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन्।

बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताए। 'आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो। यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नु भयो, र भगवान गौतम बुद्धलाई मानव सभ्यताले प्राप्त गर्‍यो,' सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ओलीले भने।

साथै २५७० वर्षअघि यही दिन उनी महापरिनिर्वाणमा विलीन भएको बताउँदै उनले भने, 'गौतम बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश-देशबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु। मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'

उनले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन्।

प्रकाशित: १८ वैशाख २०८३ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App