नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकको अनुसार अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ०५ पैसा र बिक्री दर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १६२ रुपैयाँ ५४ पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८८ रुपैयाँ ४० पैसा र बिक्री दर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपैयाँ ६१ पैसा र बिक्री दर १७३ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८३ पैसा र बिक्री दर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ४८ पैसा र बिक्री दर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ८७ पैसा र बिक्री दर १०९ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४३ पैसा र बिक्री दर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ३२ पैसा र बिक्री दर ३७ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४३ पैसा र बिक्री दर ३८ रुपैयाँ ५९ पैसा कायम भएको छ।
केन्द्रीय बैंकको अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३१ पैसा र बिक्री दर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ १३ पैसा र बिक्री दर ३८ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ७८ पैसा र बिक्री दर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८४ पैसा र बिक्री दर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ ०८ पैसा र बिक्री दर ४६० रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिद दर ३७१ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७३ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६५ रुपैयाँ ३२ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको 'वेबसाइट' मा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: २८ श्रावण २०८२ ०६:०९ बुधबार





