१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
बजार

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ ६१ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८६ रुपैयाँ ६१ पैसा र बिक्री दर १८७ रुपैयाँ ३९ पैसा, स्विस फ्र्यांक एकको खरिद दर १७७ रुपैयाँ २२ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९९ पैसा र बिक्री दर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ४० पैसा र बिक्री दर १०१ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिद दर १०९ रुपैयाँ २२ पैसा र बिक्री दर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ११ पैसा र बिक्री दर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिद दर २० रुपैयाँ ०९ पैसा र बिक्री दर २० रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ १० पैसा र बिक्री दर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ २० पैसा र बिक्री दर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३९ पैसा र बिक्री दर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ९० पैसा र बिक्री दर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६९ पैसा र बिक्री दर नौ रुपैयाँ ७३ पैसा, स्वेडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९१ पैसा र बिक्री दर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ०४ पैसा र बिक्री दर २२ रुपैयाँ १३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ३५ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिद दर ४६५ रुपैयाँ ०१ पैसा र बिक्री दर ४६६ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिद दर ३७८ रुपैयाँ ९९ पैसा र बिक्री दर ३८० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिद दर ३७१ रुपैयाँ १२ पैसा र बिक्री दर ३७२ रुपैयाँ ६८ पैसा रहेको जनाएको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: ६ मंसिर २०८२ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App