१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आँखा शिबिरमा ३ सय भन्दाबढीको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

बुद्धजन्मस्थल कपिलवस्तुको  कुदनामा भएको आँखा शिविरमा ३ सय १५ जनाको निःशूल्क मोतिया बिन्दुको अप्रेशन गरिएको छ । यस्तै शिबिरमा ९ सय ७६ को आखाको जाच सतेत गरिएको छ  । 

रोयल थाई मोनेस्ट्री लुम्बिनी, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, स्वर्णभूमि फाउन्डेशन तथा वाट थाई निग्रोधरामको पहलमा र नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोगमा शिविर भएको हो । 

शिविरमा गरीब र बिपन्न परिवारको आखाको जाच र  मोतिया विन्दुका अप्रेशन गरिएको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताए । 

रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरीब, दलित असाहय परिवारलाई विगत आठ बर्षदेखि निःशुल्क शिविर सञ्चालन गर्दै आएको उनले बताए ।  कपिलबस्तुमा ८ बर्ष अघि देखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरु गरिदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताए । 

निःशुल्क मोतिया बिन्दुको अप्रेशन सेवा पाए पछि गरीब र बिपन्न परिवार खुशी भएका छन ।   विगतमा कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोना कालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको उनले बताए । 

प्रकाशित: १९ मंसिर २०८२ २०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App