२० मंसिर २०८२ शनिबार
image/svg+xml
अपराध

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ। पछिल्लो छ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार पक्राउ परेका १२ जनाबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी छ भने रु २३ हजार ५२ जरिवाना असुलउपर गर्नुपर्ने छ। सोही कारणले निजहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने तथा जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ। मङ्सिर १ देखि मङ्सिर १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता शाहले जानकारी दिए।  

उनका अनुसार १३ वटा ट्याक्टर कारबाहीमा पर्दा रु दुई लाख २० हजार, तीनवटा टिपटरबाट रु एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट रु ९० हजार जरिवाना सङ्कलन गरिएको छ। कारबाहीमा परेका १८ सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App