नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ६ सयले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको थियो।
यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। सोमबार प्रतितोला २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय रुपैयाँमा पुगेको छ।
प्रकाशित: १३ श्रावण २०८२ १२:४२ मंगलबार





