२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
बजार

लक्ष्मी इलेक्ट्रोटेक प्रा.लि.ले आयोजना गर्‍यो वार्षिक Whirlpool "Partners Meet 2025"

लक्ष्मी समूहको सहायककम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रा. लि., ले काठमाडौंमा आफ्नो वार्षिक Whirlpool "Partners Meet 2025" कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट २ सयभन्दा बढी डिलरहरू सहभागी थिए ।  

कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशकका अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरेका थिए । कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरू प्रस्तुत गर्यो ।

अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै भने, “हाम्रा व्यापार साझेदारहरू हाम्रो वृद्धिको मेरुदण्ड हुन् Whirlpool को नवप्रवर्तनशीलप्रविधि र बलियो वितरण नेटवर्कमार्फत हामी नेपाली घरपरिवारमाविश्वस्तरीय उपकरणहरू पुर्‍याउन प्रतिबद्ध छौं ।”  

त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित छौं ।”

लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण (Home Appliance) ब्रान्डहरूको प्रमुख विक्रेता हो भने, Whirlpool of India Limited विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।

कार्यक्रममा पुरस्कार वितरण, नेटवर्किङ डिनर र व्यवसायिक सहयोगलाई अझ सुदृढ पार्ने प्रयाससहित सम्पन्न भयो । यस अवसरले नेपालभर ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने नयाँ प्रतिबद्धतालाई झल्काएको छ । 

प्रकाशित: १५ भाद्र २०८२ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App