११ चैत्र २०८२ बुधबार
image/svg+xml
बजार

आज पनि घट्यो सुन

आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ। हिजो (बिहीबार) २४ सयले घटेको सुन आज ५ सय रुपैयाँले घटेको हो।

आज पाँच सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।

प्रकाशित: ९ श्रावण २०८२ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App